April 27th, 2018

नबिल बैंकको नाफा पौने तीन अर्बभन्दा बढी 

बैंकिङ खबर । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब चार करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा आठ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा पाँच दशमलव ०१ प्रतिशत वृद्धि गरी एक १ खर्ब २३ अर्ब एक करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ९८ प्रतिशतले वृद्धि गरी एक खर्ब पाँच अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर चार अर्ब ४९  करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन दशमलव १७ प्रतिशतले बढेर चार अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा दुई लाख रुपैयाँ मात्रै खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ ।


बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४६ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २१ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २४ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय १० रुपैयाँ, निष्कृय कर्जातर्फ एक दशमलव ०७ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ०२ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]