April 25th, 2018

नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार डलर नाघ्यो

बैंकिङ खबर । नेपालीहरुको प्रतिव्यक्ति आय वर्षैपिच्छे सुधार हुन थालेको छ । यस वर्ष यस्तो आय एक हजार अमेरिकी डलर नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर पुगेको हो । 

यस्तो आय गत वर्षको तुलनामा एक सय ४२ अमेरिकी डलर बढी हो । गत वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय आठ सय ६२ अमेरिकी डलर रहेको थियो भने २०७३ मा यस्तो आय सात सय ५७ अमेरिकी डलर मात्रै रहेको थियो । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]