April 24th, 2018

एभरेष्ट बैंकले एलआईसी नेपालको जीवन बीमा योजना बेच्ने

एभरेष्ट बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाडौँमा आयोजित एक समारोहबीच संझौतामा हस्ताक्षर गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए । 

कार्यक्रममा एलआईसी नेपालकी बैंकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]