March 21st, 2018

आकर्षण नै छैन बैदेशिक रोजगार बचतपत्रमा : खरिदकर्ता नै अनविज्ञ

बैंकिङ खबर । सरकारले विगत ८ वर्षदेखि नियमित रूपमा वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएपनि प्रभावकारी रुपमा विक्री हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष वैदेशिक बचतपत्र निश्कासन गर्दै आएको छ, तर यसको विक्री भने निकै कम मात्रै भएको छ ।  प्रसस्त प्रचारप्रसारमा सरकारले ध्यान नपुर्याउँदा सोचे जति विक्री हुन नसकेको राष्ट्र बैंकको स्वीकारोत्ति छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने,‘प्रचारप्रसार प्रशस्त भएपनि सोचेजति विक्री भएको छैन । ’उनका अनुसार अस्टेलिया र अमेरिकामा बस्ने नेपाली कामदारहरुको क्रय क्षमतालाई मध्यनजर गरी निष्काशन गरिएको त्यस्तो बचतपत्र क्रय शक्रि कम भएका कामदारले किन्ने क्षमता छैन । खाँडी राष्ट्रमा काम गर्न जाने नेपाली कामदारको क्रय शक्ति त्यति नहुने भएकाले वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन नसकेको उनले बताए । खाँडी मुलुकहरुमा काम गर्न जाने नेपालीहरुको अधिकांश आम्दानी दैनिक जीवन यापनमा खर्च हुने भएकाले उनीहरुको क्रय शक्ति न्युन रहेको सहायक प्रवक्ता पण्डितको तर्क छ । 

के हो वैदेशिक रोजगार बचतपत्र ? 
वैदेशिक रोजगार बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर– आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्र ५ वर्षे अवधिको निष्कासन गरिन्छ । 

उद्देश्य
यो बचतपत्र निष्कासनको प्रमुख उद्देश्य मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा गैर–आवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउनु यस बचतपत्रको मुख्य उदेश्य हो । 

निष्कासन प्रक्रिया 
यो बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर प्रक्रियाबाट निष्कासन गरिन्छ । 

बिक्री खुला, बन्द र निष्कासन मिति 
वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । अवधि र कुपन (ब्याज) दर वैदेशिक रोजगार बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ । 

खरिदकर्ता 
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आपूm वा आप्mनो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, द्दज्ञ श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सक्दछन्। साथै, मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको चार महिनाभित्र यो बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । खरिद गर्न सकिने रकम घटीमा ५ हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५ हजार रूपैंयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

बिक्री प्रवन्धक 
प्राथमिक निष्कासनको समयमा बिक्री एजेण्ट मार्फत यो बचतपत्र बिक्री गरिन्छ । 

आवेदन फारम 
यो बचतपत्र खरिद आवेदन फारम प्राथमिक निष्कासनको समयमा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । बिक्री एजेण्ट मार्फत पनि फारम उपलब्ध हुन्छ । 

आवेदन फारम पेश गर्ने स्थान 
यो बचतपत्र खरिद आवेदन फारम बिक्री एजेण्टका विदेश वा स्वदेशस्थित कार्यालयमा पेश गर्नु पर्दछ । 

आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू 
(क) आवेदनकर्ताको राहदानीको प्रतिलिपि
(ख) कार्यरत मुलुकको भिसाको प्रतिलिपि (भारतबाहेक अन्य मुलुकमा कार्यरत श्रमिकका लागि मात्र) 
(ग) कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि 
(घ) पासपोर्ट साईजको दुई प्रति फोटो 
(ङ) नेपालमा खरिद गर्नुपर्ने अवस्थामा वैदेशिक रोजगार बचतपत्र खरिदको लागि प्रयोग भएको नेपाली मुद्रा बराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाणको रूपमा विदेशी मुद्रा सटही रसिद वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न राष्ट्रऋण व्यवस्थापन विभागबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था वा रेमिट्यान्स कम्पनीहरू । 
(च) विदेशी मुद्रामा खाता रहेको भए वैदेशिक रोजगार बचतपत्र खरिदमा प्रयोग भएको रकम उक्त खाता जम्मा÷खर्च भएको बैंक स्टेटमेण्ट 
(छ) विदेशमा रोजगारीमा रहेको व्यक्तिले नेपालमा रहेका एकाघर परिवारका सदस्यको नाममा बचतपत्र खरिद गर्ने भए आप्mनो माथि उल्लिखित कागजात सहित सो सदस्यको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि तथा विदेशी मुद्रा सटही गरेको रसिद 
(ज) नाबालकको नाममा खरिद गर्ने भए आप्mनो माथि उल्लिखित कागजात सहित नाबालकको नाम र जन्म मिति खुलेको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । 
(झ) आवेदन फारममा मुलुक बाहिर रोजगारीमा संलग्न रहेको वा रोजगारीबाट फर्केको( तोकिएको समयभित्र) वा गैर–आवासीय नेपाली नागरिकले अनिवार्यरूपमा दस्तखत गरेको हुनुपर्दछ । 

बाँडफाँट 
आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ । 

खण्डित अवधिको ब्याज 
बिक्री खुला अवधिभित्र वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदनसाथ रकम बुझाएको मिति देखि निष्कासन हुने मिति भन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्रदान गरिन्छ । 

दोस्रो बजार कारोबार 
नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात आपूmसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ । 

सूचना 
यो बचतपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट(डब्लुडब्लुडब्लु डट एनआरबी डट ओआरजी)मा, राष्ट्रिय स्तरका दैनिका पत्रिका लगायत अनलाइन पत्रिकाहरू र वैदेशिक रोजगारको गन्तब्य मुलुकहरूबाट प्रकाशित हुने नेपाली पत्रिका मार्फत प्रकाशित गरिन्छ । 

प्रमाणपत्र 
वैदेशिक रोजगार बचतपत्र खरिदकर्तालाई तोकिएको ढाँचामा बचतपत्र प्रदान गरिन्छ । यस्तो बचतपत्र प्रमिशरी नोट वा स्टकको रूपमा आवेदन पेश भएको एजेण्ट मार्फत उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने भन्ने खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रदान गरिने व्यवस्था छ । 

ब्याज तथा साँवा भुक्तानी 
वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । यस्तो भुक्तानी नेपाली मुद्रामा मात्र प्राप्त हुन्छ । 

ब्याज गणना विधि 
यो बचतपत्रको लागि निर्धारित ब्याज हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिन बराबरको एक महिना मानी गणना गरिन्छ । 

आयकर सम्बन्धी व्यवस्था 
वैदेशिक रोजगार बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ । 

प्रयोग 
यो बचतपत्र भुक्तानी मिति अगावै राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन÷दिन पाईन्छ । अंकित मूल्यको ९० प्रतिशतसम्म कर्जा उपभोग गर्न सकिने व्यवस्था छ । 

फाइदा 
यस बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न र धितो राखी कर्जा उपभोग गर्न सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ । 

वैदेशिक रोजगार बचतपत्रको लागि प्रयोग हुने मुद्रा
यो बचतपत्र खरिद गर्दा आपूm कार्यरत रहेको स्थानमा बचतपत्र खरिद गर्ने भएमा विदेशी मुद्रा (कार्यरत मुलुकको स्थानिय मुद्रा) मा रकम जम्मा गर्नु पर्दछ भने यो बचतपत्रको साँवा तथा ब्याज भुक्तानी नेपाली मुद्रामा मात्र हुने व्यवस्था छ । 
 
आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको  निष्काशन सुरु 
सरकारले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक बचतपत्रको निष्काशन सुरु गरेको हो । ८ वर्षको अवधीमा राष्ट्र बैंकले  १४ पटक वैदेशिक बचतपत्रको निष्काशन गरिसकेको छ । यस अवधीमा राष्ट्र बैंकले ११ अर्व ८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक बचतपत्र निष्कासन गरिसकेको छ । तर बिक्री भने निकै कम मात्रै भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सुरुदेखि हालसम्म ५७ करोड ३९ लाख रुपैयाँ मात्रै सो बचतपत्र बिक्री भएको छ । बचतपत्रको विक्री वितरण प्रभावकारी बनाउन प्रचारप्रसारका लागि राष्ट्र बैंकले प्रचारप्रसार गरिरहेको भएपनि प्रभावकारी नहुँदा सोचेजति विक्री हुन सकिरहेको छैन । केन्द्रीय बैंकले पहिलोपटक २०६६ र ०६७ मा १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गरेकोमा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । त्यसयता केही वर्ष बचतपत्रको बिक्री बढेको भएपनि गत वर्षदेखि बचतपत्रको विक्री ओरालो लागेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३ असारमा निष्काशन गरिएको २०७८ ‘क’ बचतपत्र सबै भन्दा बढी बिक्री भएको छ । सो अवधीमा ३३ करोड ७९ लाख रुपैँया बराबरको बचतपत्र निष्काशन भएको थियो भने  ११ करोड २४ लाख रुपैँया बराबरको बिक्री भएको थियो । 

वैदेशिक बचतपत्र बेच्न डेपुटी गभर्नर आँफै खाँडी राष्ट्र 
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी खाँडी राष्ट्रहरुमा गएका थिए । उनी कतार,दुबइ लगायतका मुलुकमा प्रचारप्रसारका लागि गएका थिए । तर प्रचारप्रसार भने प्रभावकारी रुपमा हुन नसकेका कारण बचतपत्र बिक्री नभएको होे । राष्ट्र बैंकले २०७० सालमा वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यविधि २०६७ संशोधन गरेपछि मात्रै बचतपत्रको बिक्रीमा सकारात्मक परिवर्तन आएको थियो । सो कार्यविधीमा विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्था भएकाले खासै आवेदन नपरेको तर अहिले कार्यविधि संसोधन भएपछि नेपालबाटै खरिद गर्न मिल्ने भएको छ । जसका कारण बचतपत्रको बिक्री वृद्धि भएको थियो ।  वैदेशिक रोजगारीमा रहेका वा रोजगारीकाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्ना परिवारका सदस्यहरुका नाममा यस्तो बचतपत्र खरिद गर्न सक्छन् । अहिले बचतपत्रको वृद्धि घटेर १ प्रतिशतभन्दा कम भएको छ । 

बाह्रै महिना वैदेशिक रोजगार बचतपत्र बेच्ने हल्ला मात्रै 
विदेशममा गएका नेपालीहरुले कमाएको धन अनुत्पादक क्षेत्रमा बढी खर्च भइरहेको सन्र्दमा सो पैसा उत्पादनमुलक क्षेत्रमा खरिद गर्न सरकारले रेमिट्यान्सलाई सदुपयोग गर्न सरकारसले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न सुरु गरेको हो । यस्तो बचतपत्रको बिक्री प्रभावकारी नभएपछि राष्ट्र बैंकले बाह्रै महिना बिक्री गर्ने योजना बनाएको थियो । तर कहिलेकाँही निष्काशन गर्ने बचतपत्र पनि आधा पनि बिक्न सकेको छैन । डेपुटी गभर्नर स्वंय विदेश गएर प्रचारप्रसार गरेपनि राष्ट्र बैंकले बाह्रै महिना यस्तो बचतपत्र विक्री गर्न भने सफल भएन । 

बैंकको भन्दा राम्रो ब्याजदर 
राष्ट्र बैंकले वैदेशिक बचतपत्रको ब्याजदर अहिले वाणिज्य बैंकहरूमा रहेको व्याजदरको तुलनामा बचतपत्रको व्याजदर केही कम छ । अहिले बजारमा तरलता(लगानी योग्य पूँजी) अभाव छ । त्यसैले वाणिज्य बैंकहरुले दिने निक्षेपको ब्याजदर बढी छ । तर जब बजारमा पैसा सहज हुन्छ,तब निक्षेपको व्याजदर पुनः घट्न थाल्छ । त्यसैले पनि बैंकमा पैसा राख्नु भन्दा बचतपत्र खरिद गर्नु फाइदा जनक हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । सामान्यतया वैदेशिक बचतपत्रतको व्याजदर वार्षिक १० प्रतिशत कायम गरिएको हुन्छ । 

कहाँबाट किन्ने ?
वैदेशिक बचतपत्र खरिदका लागि नेपालमा १३ वटा तथा  विदेशमा ६ वटा बिक्री एजेन्ट तोकिएका छन् । सबै कामदारको पहुँच हुने गरी बिक्रीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नेपालमा सिटिजन्स् इन्टरनेशनल, एनएमबी, नबिल, माछापुच्छ«े, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्शियल बैंक लगायत विक्री एजेन्ट रहेका छन् । त्यसैगरी, प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई र सेवा रेमिटबाट पनि सर्वसाधारणले आवेदन बुझाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी नेपाल बाहिर कतार, मलेसिया, अमेरिका, भारत, साउदी अरब, यूएई, जापान, कोरिया, बहराइन, अष्ट्रेलिया, यूकेलगायत देशमा ८ वटा विक्री एजेण्ट तोकिएका छन् । बिक्री एजेन्टहरूले पनि यी देशका मुख्य शहरमा आफ्नो प्रतिनिधि तोकेर आवेदन संकलन गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । 

खरिदकर्तालाई नै जानकारी छैन   
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रलाई प्रभावकारी बनाउन खाँडी लगायतका विभिन्न मुलुकमा रोजगारीका लागि जाने युवालाई लक्षित गर्दै अन्तराष्ट्रिय विमान स्थलमा प्रचारप्रसार गर्ने भने पनि सो काम पनि सफल भएन । विदेश जाने अधिकांश कामदारहरुलाई वैदेशिक रोजगार बचतपत्रका बारेमा प्रयाप्त जानकारी छैन । त्यसैले पनि उनीहरुले सो बचतपत्र खरिद गर्न सकेका छैनन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर २३ का गोपाल अर्याललाई वैदेशिक रोजगार बचतपत्रबारे कुनै जानकारी छैन । उनले भने,‘के हो वैदेशिक रोजगारी बचतपत्र भनेको ?’ कसले निष्काशन गर्ने, कहाँबाट खरिद गर्न पाइन्छ ,लगायतका कुनै पनि जानकारी छैन उनलाई । अर्याल विगत ७ वर्षदेखि कतारमा कार्यरत छन् । त्यसैगरी,नवलपरासी अरुणखोला(तमासपुर) १२ का दामोदर(दामु) धिमिरेलाई पनि वैदेशिक रोजगार बचतपत्रका बारेमा कुनै जानकारी छैन । उनले भने,‘ मलाई यसबारे केहि पनि थाहा छैन ।’ जानकारी नै नभएपछि कसरी किन्ने भन्ने घिमिरे प्रतिप्रश्न गर्छन् । उनी विगत ७ वर्षदेखि कतार, मलेसिया लगायतका मुलुकहरुमा कार्यरत छन् । चितवनका अर्याल, नवलपरासीका घिमिरेलाई मात्रै होइन, वैदेशिक रोजगारीमा जाने धेरै युवाहरुलाई वैदेशिक रोजगार बचतपत्रबारे जानकारी छैन । सामान्य जानकारी भएपनि किन्न चासो नदेखाउने युवाहरु पनि प्रशस्तै छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]