March 6th, 2018

हेर्नुहोस्, राष्ट्र बैंकमा जागीरका लागि एप्लाई गर्ने सरल तरिका

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रशासन र प्राविधिक सेवाका लागि डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले अधिकृत स्तरको सहायक निर्देशकको लागि ४५ जना, सहायक द्धितीय स्तरको सहायक पदको लागि ९६ जना र सहायक द्धितीय स्तरको सूचना प्रविधिको लागि सहायक पदमा १० जना गरी एक सय ५१ जना कर्मचारी माग गरेको हो । 

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ । त्यस्तै सहायक द्धितिय पदकालागि प्लस टु वा सो सरह पास गरेको हुनुपर्ने छ भने सूचना प्रविधिक पदको लागि कम्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा गरेको हुनुपर्नेछ ।

उक्त पदमा अनलाईन प्रणालीबाट दरखास्त दिनुपर्ने हुँदा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम भर्नुपर्ने छ । आवेदन दिँदा आवश्यक प्रमाणपत्र स्क्यान गरी आवेदनमा समावेश गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम म्याद चैत्र १ गतेसम्म रहेको छ ।

एप्लाई गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://jobs.nrb.org.np/rec/Default.aspx

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :

१. सर्बप्रथम Registration गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right

   corner मा Registration मा click गर्नुहोस् |

क) Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ |

ख) Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने |

२. यस पछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो

   Login ID र Password सुरक्षित राख्नु पर्नेछ |

३. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |

४. यसपछि General तथा Document दुबै tab को fields मा भर्नु पर्ने विवरणहरु भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक विवरण

   देवनागरी (bishall font) मा लेख्नु पर्ने छ । अन्य विवरण ENGLISH मा भर्नु पर्ने छ ।

५. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर र उल्लेख भएको Application Confirmation Slip प्राप्त हुनेछ | सो Application

   Confirmation Slip लाई आफ्नो portal मा login गरे पश्चात् Applied Vacancies tab मा गएर पनि download या print गर्न सकिनेछ |

६. Slip मा उल्लेखित परीक्षा दस्तुर, Application Number र नाम उल्लेख गरी  नेपाल राष्ट्र बैंकको थापाथली स्थित कार्यालय तथा

   जिल्ला स्थित कार्यालयमा नाफा नोक्सान आम्दानी फुटकर हिसाव खाता नं. 1200000–030-012–524 मा जम्मा गर्नु पर्नेछ ।

   पैसा बुझाएको भौचर पुन लग इन गरी अपलोड गर्नुपर्नेछ ।

७. परीक्षा दस्तुर तथा attach गरेको documents verification भए पश्चात् केहि दिनपछि मात्र आफ्नो Login portal बाट प्रबेशपत्र प्राप्त गर्न

   सकिनेछ | परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ |

८. लिखित परीक्षामा सहभागी हुँदा प्रबेशपत्रको साथ साथै नेपाली नागरिकताको सक्कल प्रमाणपत्र समेत साथमा लिई आउनु पर्नेछ | अन्यथा परीक्षामा

   सहभागी गराइने छैन |

९. एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस

   गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |

१०. दरखास्त सदर वा बदर भएको जानकारी र सो को कारण यही website मा login गरी केही दिन पछि हेर्न सकिने छ ।

 क. कारणबस बदर भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।

११. समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र "Documents" tab मा अनिवार्य upload गर्नु पर्नेछ |


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]