May 12th, 2016

सिभिल बैँकको नाफा १९ करोड ९० लाख

civil bankसिभिल बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले गत वर्षको भन्दा ८५ लाख रुपैँया बढी नाफा कमाएको हो । गत वर्षको चैत मसान्तसम्ममा बैँकले १९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

करिब साढे २ अर्ब निक्षेप संकलन गरेको बैँकले २ अर्बको हाराहारीमा कर्जा विस्तार गरेको छ । त्यस्तै, बैंकको व्याज आम्दानी बढ्न नसक्दा नाफा प्रभावित भएको छ । फि, कमिशन र विदेशी मुद्राको कारोबारबाट बैंकको आम्दानी बढेको छ । त्यस्तै १० करोड रुपैयाँ राइटव्याक गरेको छ । संभावित नोक्सानका लागि २१ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]