March 4th, 2018

टुरिजम डेभलपमेन्ट बैंकको चावहिल शाखाको औपचारिक उद्घाटन 

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चावहिल शाखाको औपचारिक उद्घाटन गरेको छ । आइतबार (फागुन २० गते) आयोजित विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्ध कुमार डंगोल तथा बैंकका संचालक समितिका सदस्यहरु श्यामराज थपलिया एवं दिपक महतले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरे । यससँगै टुरिजम डेभलपमेन्ट बैंकको शाखा संख्या ३६ पुगेको  छ । यसबाहेक, पाँच वटा एक्सटेन्सन काउन्टर र २० वटा एटिएममार्फत बैंकले सेवा दिइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]