March 4th, 2018

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको लगनखेलमा

मुक्तिनाथ विकास बैंक लि.को ललितपुर महानगरपालिका वडा नं. ५ स्थित लगनखेल कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा संचालनमा ल्याएको छ । फागुन २० गते आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले उक्त शाखाको समुद्घाटन गरे । 

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र पुरुष ढकालले बैंकिङ्ग क्षेत्रमा आफुले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गरे । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल बैंकिङ्ग सेवाको उत्कृष्ट मोडल भएको र यस मोडलले ग्राहकहरुको आवश्यकता अनुसारको बित्तीय सेवाहरु प्रदान गर्न सफल भएकाले र आगामी दिनहरुमा पनि यस मोडललाई बैैंकले अबलम्बन गर्दै अगाडि बढ्नको लागि सफलताको कामना गरे ।

कार्यक्रममा ललितपुर मलका प्रबन्ध निर्देशक नेपाल डंगोलले नेपाली समाज सुहाउँदो बित्तीय सेवाहरु संचालन गरी आम जनताको सामु पुर्याउन सफल बैंकको प्रगतिको कामनाका साथै बैंकिङ्ग कारोबार संचालनमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताए ।

बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा आयोजित शाखा उद्घाटन समारोहमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा व्याख्या गरेका थिए ।

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]