January 8th, 2018

बैंक अफ काठमाण्डूको नयाँ शाखा भैरहवामा

बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखा कार्यालय मिति २०७४/०९/२४ गते बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माबाट संयुक्त उद्घाटन गरिएको हो । यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ७२ शाखा, ७२ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]