November 30th, 2017

बैंकिङ रोजगारीका लागि स्वर्णिम समय : भ्याकेन्सी खुलेका आधा दर्जन बैंकहरु

बैंकिङ खबर । मेगा बैंक लिमिटेडमा जागीरका लागि एप्लाई गर्ने आज अन्तिम दिन रहेको छ । आज साँझ ५ बजेसम्ममा एप्लाई गरिसक्नुपर्ने बैंकले जनाएको छ । मेगाले शाखा प्रबन्धक सहित २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत गरी एक सय १३ जना कर्मचारी मागेको छ । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह अनुभव चाहिन्छ । अन्य पदका लागि पनि बैंकमा अनुभव भएका ब्यक्ति माग गरिएको छ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि थप ३९ जना प्रशिक्षार्थी कर्मचारी स्नातक तह उत्तिर्ण माग गरेको छ । थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/8/mega-career-opportunities-16th-november-2017

मेगा बैंकबाहेक पाँच बैंकमा भ्याकेन्सी खुलेको छ । जसमध्ये, दुई वटा वाणिज्य बैंक रहेका छन् भने तीन वटा राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले उपत्यकाबाहिरका विभिन्न १५ स्थानीय तहमा विस्तार गर्न लागेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । सबै स्थानीय निकायमा बैंक शाखा पुर्याउने योजनाअनुसार, सिद्धार्थ बैंकले विभिन्न १५ वटा स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने बताएको थियो । ती शाखा संचालनका लागि आवश्यक कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक तह, सहायक, बरिष्ठ सहायक र सुपरभाइजर पदमा दरखास्त आह्वान गरेको हो । सुपरभाइजरबाहेक अन्य पदका लागि बैंकले प्लस दुई उतीर्ण कर्मचारी मागेको छ भने सुपरभाइजरका लागि स्नातक उतीर्ण कर्मचारी मागेको छ । सबै पदका लागि अनुभव मागिएको छ । उमेर हद समेत निर्धारण गरिएका यी पदहरुमा यही मंसिर १५ गते अर्थात भोलीसम्ममा आवेदन दिइसक्नुपर्नेछ । 

आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

http://202.166.220.238:88/

प्राइम कमर्सियल बैंक लिमिटेड
उपत्यकाबाहिर संचालन भइरहेका र संचालनान आउने क्रममा रहेका शाखा कार्यालयहरुका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले ठूलो संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । २८ वर्ष उमेर हद तोकेको बैंकले अनुभव मागेको छैन । बैंकले मागेको योग्यता भएका नेपाली नागरिकले ४ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ । 

 

 

 

 

 

मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो काठमाडौँस्थित केन्द्रीय कार्यालयका लागि एक जना चिफ फाइनान्सियल अफिसर तथा काठमाडौँ, पोखरा, विरगंज, बुटवल र नारायणघाटका लागि केही संख्यामा इन्टर्नल अडिट अफिसर माग गरेको छ । उक्त पदका लागि ६ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform

कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तथा सिनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । मंसिर २२ गते अर्थात ८ डिसेम्बर भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने सहायकका लागि प्लस दुई वा सोसरहको शैक्षिक योग्यताका साथमा दुई वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मंसिर २८ गतेभित्रमा दरखास्त दिइसक्न आह्वान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]