November 20th, 2017

कुलेश्वर स्कुललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरेको हो । बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा. ले उक्त कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालका साथै बैंकका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]