November 20th, 2017

आफ्नै भवनमा सर्यो ‘हाथवे इन्भेष्टमेन्ट नेपाल’

आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड का.म.न.पा २६, लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा मिति २०७४।०८।०३ गते सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे । 

उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापिटलमा कार्य गर्दै निजी क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । यसैगरी प्रबन्ध संचालक अम्बिका प्रसाद पौडेलले विगतको आरोह अवरोहका विचमा कम्पनीले गरेको प्रगती यसै कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गरे । सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थिती थियो । 

स्थापनाको छोटो समयमा नै पुँजि बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उद्देश्य सुचिकृत कम्पनीहरुको सेयरमा लगानीगर्ने रहेको छ । पुँजि बजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाइड्रोपावर, बीमा व्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एन.बि.इन्स्योरेन्स कम्पनी लिमिटेड र अरुण फाइनान्स लिमिटेडको सेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ । 

नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सुचिकृत यस कम्पनीको सेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत सेयर खरिद विक्री गर्न सक्ने र कम्पनीको रु ५० प्रतिकित्ता सेयर १२५ मा अन्तिम कारोबार भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]