November 19th, 2017

शोधनान्तर बचतमा, मूल्यबृद्धिमा पनि कमि, अर्थतन्त्र सुधारतिर

मुलुकको शोधानान्तर स्थितीमा अत्यन्तै सुधार आएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अनुसार असोज महिनामा शोधानान्तर ४ अर्ब २७ करोडले बचतमा आएको छ । अघिल्लो आर्थिक वर्षमासमेत पहिलो दुई महिनामा घाटामा देखिएको शोधानान्तर बचत तेस्रो महिना नाफामा आएको थियो । यद्यपी चालु आवमा भएको शोधानान्तर बचतको दरमा भने कमि आएको छ । गत वर्ष १९ अर्ब ७० करोडले यस्तो बचत रहेको थियो ।

मूल्यबृद्धिमा पनि कमि आयो, अर्थतन्त्र सुधारतिर  

राष्ट्र बैंकले शोधनान्तर बचतमा गएको र कृषि उत्पादन बढेको भन्दै अर्थतन्त्रमा सुधारमा आएको बताएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार असोज महिनामा मूल्यबृद्धि थप घटेको छ । असोजमा मूल्यवृद्धि दर ३.१ प्रतिशतमा झरेको छ । भदौमा मूल्यवृद्धि दर ३.४ प्रतिशत रहेको थियो । खाद्य बस्तुको मूल्यवृद्धि दर ०.५ प्रतिशत र गैर खाद्य बस्तुको मूल्यवृद्धि दर ५.२ प्रतिशत रहेको छ भने गैर खाद्य बस्तुमा लत्ता कपडा, जुत्ता, फनिर्सिङको मूल्य वृद्धि कम रहेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार काठमाडौंमा २.३ प्रतिशत, हिमालमा ५.१ प्रतिशत, तराईमा ३.६ प्रतिशत र पहाडमा ३ प्रतिशतको दरमा मूल्य वृद्धि भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]