November 15th, 2017

ज्योति विकास बैंकको भरतपूर शाखाको स्थानान्तरण

ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखाको स्थानान्तरण गरिएको छ । भरतपूरको पारस बसपर्कमा रहेको शाखालाई भरतपूरकै हाकिमचोकमा स्थानान्तरण गरी बुधबार औपचारिक रुपमा कारोबार संचालनमा ल्याइएको हो । औपचारिक रुपमा स्थानान्तरणको शुभारम्भ विकास बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

ज्योति विकास बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कार्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौँडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउँदै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]