May 5th, 2016

सिद्धार्थ बैँकको खुद मुनाफा ७८ करोड

siddharth bankसिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा करिब २४ करोड रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा बैँकले ५४ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले ३२ करोड रुपैयाँ व्याज आम्दानी बढाएको छ । बैंकले निक्षेप तथा कर्जामा गरेको बृद्धिले आम्दानीमा सघाएको हो । यो अवधिमा बैंकले कर्जा ११ अर्ब रुपैयाँ निक्षेप बृद्धि गरेको छ भने कर्जा करिब १० अर्ब रुपैयाँ बृद्धि गरेको छ । यसले आम्दानीमा सहयोग पुगेको हो । बैंकले १३ करोड रुपैयाँ विदेशी विनिमय कारोबारबाट आम्दानी गरेको छ भने १४ करोड रुपैयाँ राइटव्याक गरेको छ । बैंकले खराव कर्जाको मात्रा पनि २.३० बाट १.१६ प्रतिसतमा झारेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]