November 13th, 2017

सिटिजन्स बैंक इन्टरनेसनल र दोहा बैंकबीच रेमिट्यान्स सम्झौता 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारका लागी नेपालका राजदूत महामहिम रमेश कोइरालाको समुपस्थितिमा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।  उक्त सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषणप्रणाली (डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सबै शाखा र ४ हजार हाराहारीमा रहेका सहायक प्रतिनिधिहरु सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।


संझौता कार्यक्रममा कतारका लागी नेपालका राजदूत महामहिम रमेश कोइरालाले उक्त सम्झौता हुण्डी कारोबारलाई निरुत्शाहित गर्न  कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै दोहा  बैंकका  प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले यो सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग मिलेर थप काम गर्न इक्छूक रहेको कुरा जानकारी गराउनु भयो । उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त समारोहमा बैंकको प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र संचालन इन्र्चाज पारस बिक्रम थापाको पनि उपस्थिति रहेको थियो । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]