November 9th, 2017

सनराइज बैंक लिमिटेडद्धारा कम्प्यूटर सहयोग

सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारलाई १० थान कम्प्युटर उपलब्ध गराएको छ । विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गरे । यसै क्रममा विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद  कोईरालाले विद्यालयका बारेमा जानकारी दिनुका साथै बैंकले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]