November 7th, 2017

मर्जरको रस्साकस्सीमा फाइनान्स कम्पनीहरु

रोयल आचार्य/बैंकिङ खबर
‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको संख्या झन् झन् घट्दै गएको छ । नेपाल राष्ट्र बैैंकको पूँजी वृद्धिको योजना अघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर अहिले ती फाइनान्स घटेर २७ वटामा झरेका छन् । यीमध्ये अझै केही मर्जर वा एक्विजिसनमा जाने क्रममा छन् । तीन बर्ष अघिसम्म ८८ वटा रहेको फाइनान्सको संख्या अब केहि दिनमै आधा दर्जनमा सिमित हुने नेपाल वित्त कम्पनी संघले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी चार गुणाले बढाउन निर्देशन दिएपछि ती संस्थाहरु चुक्ता पुँजी वृद्धिको कसरतमा छन् । राष्ट्रिय स्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

वित्त कम्पनीका लागि धेरै प्रतिष्पर्धी  
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको काम बैंकहरुले पनि गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेको लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् । पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । कतिपय फाइनान्स कम्पनीहरु एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तरका फाइनान्स
नेपाल फाइनान्स लिमिटेड
नेपाल शेयर मार्केटस् एण्ड फाइनान्स लिमिटेड
यूनियन फाइनान्स लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
यूनाइटेड फाइनान्स  लिमिटेड
गुडविल फाइनान्स लिमिटेड
प्रोगे्रशिभ फाइनान्स लिमिटेड
ललितपूर फाइनान्स लिमिटेड
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेड
वेष्ट फाइनान्स लिमिटेड
अरुण फाइनान्स लिमिटेड
पोखरा फाइनान्स लिमिटेड
सिनर्जी फाइनान्स लिमिटेड
क्रिष्टल फाइनान्स लिमिटेड
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
आइसीएफसी फाइनान्स लिमिटेड
कुवेर मर्चेन्ट फाइनान्स लिमिटेड
सेती फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्स लिमिटेड
जेबिल्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेड

३ जिल्ला कार्यक्षेत्र रहेका फाइनान्स
हाल तिन जिल्ला कार्यक्षेत्र रहेका २ वटा फाइनान्स कम्पनीहरु मात्रै छन् । सृजना फाइनान्स लिमिटेड र जानकी फाइनान्स कम्पनी ३ जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरु हुन् । जसमध्ये जानकीले धनुषा, महोत्तरी र सिरहालाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ भने सृजनाले सप्तरी, सुनसरी र मोरङलाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको छ ।

एक जिल्ला कार्य क्षेत्र रहेको फाइनान्स
एक जिल्ला कार्यक्षेत्र रहेको फाइनान्स कम्पनी एटा मात्रै छ । जुन मल्टिपर्पोज फाइनान्स कम्पनी हो । मल्टीपर्पोज फाइनान्स कम्पनीले सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको छ ।

२ दजर्नमा खुम्चिँदै
हाल सञ्चालनमा रहेका २७ फाइनान्स कम्पनीहरु अबको केहि समयमा नै दुई दर्जनमा झर्ने पक्का भएको छ । २७ फाइनान्स कम्पनीहरुमध्ये युनियन, सेती र सिनर्जी फाइनान्स अन्य बैंक तथा वित्तीय संस्थामा एक्विजिशन हुने भएकाले अब केहिदिन भित्रै फाइनान्सको संख्या दुई दर्जनमा खुम्चिने भएको हो । वित्त संघले दिएको जानकारी अनुसार युनियनलाई देवः विकास बैंकले र सेतीलाई सेञ्चुरी कमर्शीयल बैंकले एक्वायर गर्ने भएका छन् । त्यस्तै, सिनर्जी फाइनान्स बेष्ट फाइनान्ससँग मर्जरमा जाने भएको छ ।

अझैं घट्न सक्ने
नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम २८ वित्त कम्पनीमध्ये अझै केही घट्ने छन् । यीनीहरु विभिन्न बैंकहरुसँग मर्जरमा जाने तयारीमा छन् । फाइनान्स कम्पनीहरु अबको एकबर्षमा घटेर एकदर्जनमा आउने संकेत देखिएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]