November 6th, 2017

लक्ष्मी बैंकले आर्जन गर्यो १७ करोड मुनाफा

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८६ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब २१ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब १३ करोड ८३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव २७ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५४ अर्ब ९४ करोड ८२ लाख लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २७ दशमलव १० प्रतिशतले बढेर ४८ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा दुई दशमलव ६४ प्रतिशतले घटेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्राभिजनमा २३ करोड ४५ लाख रुपैयाँ राखेको छ ।

लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४० दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ र तरलता अनुपात १९ दशमलव ५३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ७८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ३७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]