November 6th, 2017

सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमाल्याएको छ । सोमबार (कात्तिक २० गते) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरे । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उक्त शाखाका इन्चार्ज दुर्गा बहादुर कार्कीले यस क्षेत्रमा कृषि, पशुपालन, चियाखेती तथा अन्य व्यवसायिक क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उद्देश्य रहेको प्रष्ट पारे ।

शाखा उद्घाटन समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले लक्ष्मी माध्यमिक विद्यालय र श्री सान्ती प्राथामिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण समेत गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले संयुक्त रूपमा उक्त सहयोग अस्तान्तरण गरे । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति निकट भविष्यमा नै बैंकले महोत्तरीको औरही र दाङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरलले जानकारी दिए ।                                               
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]