October 17th, 2017

एलआईसीको एकसाथ ९ शाखा उद्घाटन, ब्राण्ड एम्बेस्डरमा बिमल घर्ती

बैंकिङ खबर संवाददाता

लाईफ  इन्स्योरन्स कर्पोरेशन (एलआईसी) नेपालको एक साथ ९ शाखाहरु उद्घाटन गरिएको छ । कम्पनीले सोमबार राजधानीको होटल अन्नपूर्णमा आयोजना गरेको बिशेष समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले ९ वटै शाखाको एकसाथ अनलाईन उद्घाटन गरे ।

सोमबार आयोजित कार्यक्रममा समतिका अध्यक्ष चापागाँईले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलंकी, वनेपा, नुवाकोट, बैतडी र पाल्पा शाखा कार्यालयहरुको अनलाइनमार्फत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँई एलआईसी नेपाल सकरात्मक दिशामा अघि बढिरहेको बताए । एलआईसीको हाल १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको भन्दै अध्यक्ष चापागाँईले तोकिएकै मितिमा कम्पनीले चुक्ता पूँजी पु¥याउनेमा आफू विस्वस्त रहेको बताए ।  

यसैबीच एलआईसी नेपालले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा राष्ट्रिय फुटवल टिमका प्रभावशाली खेलाडी बिमल घर्तीमगरलाई नियुक्त गरेको छ । कम्पनीद्वारा आयोजित सोहि कार्यक्रममा समितिका अध्यक्ष चापागाँईले ब्राण्ड एम्बेस्डर घर्तीमगरलाई लिएर वनाइएको विज्ञापन सामाग्रीहरुको औपचारिक रुपमा सार्वजनिकीकरण गरे ।

कार्यक्रममा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपालमा बीमा सचेतनाको कमि रहेको अवस्थामा राष्ट्रिय फुटवल टिमका खेलाडी बिमल घर्तीमगरलाई ब्राण्ड एम्बेस्डरको रुपमा लिई विज्ञापन सामाग्रीहरु बनाइएको बताए । निकट भविष्यमा टि.भी., रेडियो, प्रिन्ट मिडिया र अन्य डिजिटल मिडियामार्फत बीमा सचेतनाको लागि प्रचारप्रसार गरिने बताउदै ग्राहक सेवा विस्तारका लागि कम्पनीले थप ९ स्थानहरुमा शाखा विस्तार गरेको जानकारी गराए ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]