October 16th, 2017

भूकम्पबाट अतिप्रभावित जनतामाझ वित्तीय चेतना फैलाउँदै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गा.वि.स.हरु (बागेश्वरी, र्गोस्याङ्ग, खड्रगभञ्जयाङ्ग, मनकामना, जिलिङ्ग र सुन्दरादेवी) मा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । Louis Bergerको सहकार्यमा DFIDद्धारा संचालित सक्षम परियोजना अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । भाद्र २५ देखि ३०गतेसम्म आयोजित उक्त कार्यक्रम विशेष गरी युवा, विधार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार÷महिलालाई लक्षित गरी संचालन गरिएको थियो । वित्तीय साक्षरताद्वारा सर्वसाधारणलाई बैंकको बारेमा सामान्य जानकारी दिने, उनीहरुलाई बचत र ऋणको सही व्यवस्थापन गरी व्यवसाय संचालन गर्ने, योजनाबद्ध रुपमा आफ्नो व्यवसाय तथा परिवारको बजेट निर्माण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने र ग्रामिण क्षेत्रमा उल्लेख्य विश्वास एवं बैंकिङ्ग सभ्यता बिकास गर्न उक्त कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा बैंकले गरेको छ ।                                    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]