October 11th, 2017

ओखलढुंगा र पाँचथरमा लक्ष्मी बैंकको शाखा विस्तार

लक्ष्मी बैंक लिमिटेडले ओखलढुङ्गाको, सिद्धिचरण नगरपालीका हुलाक डाडाँमा र पाचँथरको फिदिममा आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैंकले आफ्नो पहिलो शाखाहरु स्थापना गरेको हो । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष (UNCDF)  तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहुँच (A2F)”  परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यी शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

अब लक्ष्मी बैंकको शाखा संजाल ७१, ३ हस्पिटल सेवा काउन्टर, ९२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ । 

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । 

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको बैंकले जनाएको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघुउद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]