September 19th, 2017

बालकदेखि वृद्धसम्मलाई सहयोग गर्दै कञ्चन डेभलपमेन्ट बैंकले मनायो आठौँ वार्षिकोत्सव

कञ्चन डेभलपमेण्ट बैंक लिमिटेड आप्mनो स्थापनाकालको आठ बर्ष पुरा गरि नवौं बर्षमा प्रवेश गरेको छ । आठौँ वार्षिकोत्सवको अवसर पारेर बैंकले मंगलबार (असोज ३ गते) विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत बिरुराम जैशीको सभापतित्व तथा बैंकका सञ्चालक समिति अध्यक्ष शिव सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सञ्चालकहरु हिक्मत शाह, कृष्ण प्रसाद पाठक, भरत रोकाया र जंग बहादुर चन्द बैंकका शेयरधनि, कर्मचारी, पत्रकार,र अन्य सर्वसाधारणको समेत सहभागितामा सम्पन्न भएको बताइएको छ । निक्षेप संकलन, कर्जा लगानी लगायत अन्य बैकिङ्ग क्रियाकलाप गरिरहेको कञ्चनले सामाजिक क्षेत्रमा पनि केही कार्य गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गर्दै निम्न कार्यक्रमहरु गरी आप्mनो वार्षिकोत्सव मनाएको छ ः 

वृद्धवृद्धालाई सहयोग
बिगतका बर्षझै यस बर्ष पनि कञ्चनपुर बनगाँव स्थित महिला तथा बृद्धा सेवा केन्द्र मा रहेका बृद्घबृद्घाहरुलाई सहयोग स्वरुप बैंकले रु ५५ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । त्यस्तै, रौटेला स्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समितीमा रहेका बृद्घबृद्घाहरुलाई सहयोग स्वरुप रु २० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । 

अन्य सहयोग
बैंकले वार्षिकोत्सवकै अवसर पारेर समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुरलाई रु ३० हजार नगद सहयोग गरेको छ भने नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर जिल्ला शाखालाई नगद रु १५ हजार सहयोग गरेको छ । त्यस्तै, जिल्ला अपाङ्घ संघ कञ्चनपुरलाई एक थान कप्यूटर सहयोग स्वरुप प्रदान गरेको बताएको छ । बिभिन्न स्कुल तथा क्याम्पसमा अध्यय्नरत १५ जना जेहेन्दार बिद्यार्थीहरुलाई पनि बैंकले जनही रु २५००का दरले रु ३७,५०० रुपैयाँ बराबरको छात्रबृति प्रदान गरेको छ । 

पुरस्कार तथा सम्मान 
बार्षिकोत्सब मनाउने क्रममा “समृद्घि तथा स्वास्थ्यका लागि कञ्चन म्याराथन” नारासहित गत असार ३१ गते कञ्चन डेभलपमेन्ट बैंकले आयोजना गरेको म्याराथन दौडमा बिभिन्न ६ समुहबाट बिजयी भएको १८ जना बिजेतालाई प्रमाण–पत्र सहित प्रथम द्वितिय र तृतिय क्रमश  रु ३०००, रु २००० र रु १००० का दरले रु ३६,००० पुरस्कार समेत बितरण गरेको छ । गत बर्ष भरिमा उत्कृष्ठ कार्य गर्ने यस बैंकका १ जना कर्मचारी शंकर बहादुुर कार्की र दैजी शाखा कार्यालयलाई क्रमश रु ५००० र १०,००० पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरेको बताइएको छ ।

कार्यक्रममा सञ्चालक कृष्ण प्रसाद पाठकले स्वागत भाषण गरेका थिए भने मुख्य अतिथीका रुपमा बैंकका अध्यक्षले उपस्थित सबैजनालाई धन्यवाद दिएका थिए । साथमा कार्यक्रमका सभापति बैंकका प्रमूख कार्यकारी अधिकृत बिरुराम जैशीले बैंकले गरेको प्रगति बारेमा जानकारी गराएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]