September 11th, 2017

बुम रेमिट र नेपाल बंगलादेश बैंकबीच रेमिट्यान्स सम्झौता

बुम रेमिट्यान्स प्रा लिले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता यी दुई संस्थाबीच आइतबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंकको तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले हस्तक्षर गरे ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेन्सन रहेका छन् । 
    
आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग गर्दै सहकार्य गर्दै विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ । पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने तर्क राख्छन् । विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको भनाइ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]