September 11th, 2017

मुलुकभर शाखा विस्तार गर्दै ‘लुम्बिनी बिकास बैंक’, नयाँ शाखा पर्साढापमा खुल्यो

लुम्बिनी बिकास बैंक लिमिटेडले चितवनको पर्साढापमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी थप जनसंख्यामा बैंकिङ्ग सेवा पुर्याउने नीति अनुरुप आइतबारदेखि चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २७, पर्साढापमा आफ्नो ५६औं शाखा कार्यालय संचालनमा ल्याएको हो । । उक्त शाखाको उद्घाटन लुम्बिनी विकास बैक लि. संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले गरे । 

स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको बताएको छ । 

बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा रही देशका ५ प्रदेशका विभिन्न भागमा कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. ६ र ७ मा समेत शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको पनि बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]