August 20th, 2017

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र बैद्यवार

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरेन्द्र बैद्यवार नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको सुरुवातको समयदेखि नै बरिष्ठ प्रबन्धकको रुपमा कार्यरत उनि त्यस अघि युनाइटेड र सगरमाथा इन्स्योरेन्समा कार्यरत थिए । २६ वर्षदेपख बीमा क्षेत्रमा क्रियाशील रहेका उनी २०६३ सलमा सिद्धार्थमा छिर्नुअघि सगरमाथा इन्स्योरेन्समा कार्यरत थिए । 

बिशेषत मार्केटिङ र अन्डरराइटिङमा दखल रहेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा मास्र्टस् गरेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]