August 18th, 2017

गण्डकी विकास बैंकको मनाङ शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंक लिमिटेडले मनाङ जिल्लाको चामेमा ५१औं शाखाको औपचारिक उदघाटन गरेको छ । बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले उक्त शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सिमित नगरी ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने बताए ।

मनाङ्ग जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बधाई तथा शुभकामना मन्तव्य राखे । उक्त कार्यक्रमको स्वागत मन्तव्य बैँकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले गरेका थिए भने कार्यक्रम संचालन, बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिट्यान्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । साथै यही भाद्र महिना भित्रै विर्तामोड, विराटनगर, विरगंज, गंगबु, अमुवा र पोखराको चाउथेबाट शाखा संचालन गर्ने तयारी भइरहेको छ ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको छ भने सोही अवधिसम्म १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । 

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]