August 16th, 2017

टुरिजम डेभलपमेन्ट बैंकले बढायो नाफा, गत आर्थिक वर्षमा झन्डै ३२ करोड कमायो

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा ३१ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.२१% बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा टुरिजमले १९ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

बैंकले यस अवधिमा निक्षेपतर्फ अघिल्लो आर्थिक बर्षको आठ अर्ब २६ करोडको तुलनामा ४८.५४% वृद्वि हासिल गर्दै करिब १२ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ । साथै खुद कर्जा लगानी तर्फ अघिल्लो आर्थिक बर्षको छ अर्ब ८९ लाख रुपैयाँको  तुलनामा ५७.४३% वृद्वि गर्दै करिब १० अर्ब ८५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । 

बैंकको खुद व्याज आम्दानी ५८ दशमलव ७४ प्रतिशतले बढेर ५८ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफ ७९ दशमलव ७५ प्रतिशतले बढेर ४४ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

आ.व २०७२/७३ को प्रस्तावित बोनस सेयर समेत गरी बैंकको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको छ । बैंकले जगेडाकोषमा ५३ करोड ३६ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोष अनुपात २१ दशमलव २४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ दशमलव ५० गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३८ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ४७ प्रतिशत रहेको छ ।

हाल यस बैंकले देशभरिका आफ्ना २९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा १३ वटा एटिएम मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप नयाँ ८ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टर थप्दै, यस आर्थिक बर्षको अन्त्यसम्ममा कुल ३७ वटा शाखा तथा ६ वटा  एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]