July 27th, 2017

पाँच वर्षदेखिको लाभांश लिन एसबीआईको आह्वान, एक महिनाभित्र नलगे कोषमा जाने 

नेपाल एसबिआई बैंकले एक महिना भित्र पुरानो नगद लाभांस लगिसक्न सेयरधनीलाई अनुरोध गरेको छ । आर्थिक वर्ष २०५२।५३ देखिको नगद लाभांस कतिपय सेयरधनीले लैजान बाँकी रहेको बैंकले जनाएको छ । एक सूचना प्रकाशित गर्दै बैंकले एक महिना भित्र लाभांश लिन नआउने सेयरधनीको पैसा लगानीकर्ता संरक्षण कोषमा पठाउने जनाएको छ ।
 
आर्थिक वर्ष २०५२।५३ देखि २०६८।६९ सम्मको ६० लाख १७ हजार रुपैयाँ भन्दा बढी नगद लाभांस लैजान बाँकी रहेको बैंकले जनाएको छ । पाँच बर्षभन्दा पुरानो लाभांश कोषमा पठाउनुपर्ने व्यवस्था अन्तर्गत लगानीकर्तालाई सूचीत गरेको बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]