July 6th, 2017

एस डेभललपमेन्ट बैंकलाई गाभेर असार २९ गतेदेखि एकीकृत कारोबार थाल्दै नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर यही असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । एसको एक सय कित्ता बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी यी दुई बैंक एक्विजिसनमा गएका हुन् । एक्विजिसनपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ । 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी नौ अर्ब २० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

एक्विजिसन सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले विशेष साधारण सभा आह्वान गरी केही समयअघि मात्रै एक्विजिसन प्रस्ताव पारित गराएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]