July 5th, 2017

भारतमा पढेका सीएले नेपालमा मान्यता नपाउने

अब भारतको चार्टर्ड एकाउन्टेन्ट (सीए) पढेर नेपालमा काम गर्न नपाइने भएको छ । नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा सीए अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । आइक्यानले २०७५ साउन १ गतेदेखि लागू गरी यस्तो निर्णय गरेको हो । जसअनुसार, अब एकवर्षपछि भारतमा पढेका सीएले नेपालमा मान्यता पाउने छैनन् । 

हालसम्म दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन रहेको छ । तर, भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएपछि आइक्यानले पनि भारतका पढेका सीएलाई मान्यता नदिने निर्णय गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]