May 31st, 2017

दुई अर्ब १३ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले दुई अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिका लागि राष्ट्र बैंकले उक्त अनुपातमा ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार (जेठ २२) गतेसम्म बोलपत्र पेश गर्न सकिने ट्रेजरी बिलको निष्काशन मंगलबार (जेठ २३ गते) हुनेछ । उक्त ट्रेजरी बिल भदौ २० गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि जेठ १४ गते जारी गरेको तीन अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलमा सात अर्ब ६४ करोड रुपैयाँ बराबरको बोल परेको थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]