May 22nd, 2017

आगामी आवको नीति तथा कार्यक्रम जेठ ११ गते प्रस्तुत गरिने

व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएकी पत्र वाचन गरेर सुनाएकी थिईन् । बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गरेका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

यस्तै, बैठकमा आर्थिक वर्ष २०७४/७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलवार  विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।

आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्नेछिन् । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]