May 15th, 2017

नेपाल ग्रामीण विकासको मूनाफा २२ प्रतिशतले वृद्धि

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा मुनाफा १९ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकले २२ दशमलव ३९ प्रतिशतले बढी म्रनाफा कमाएको हो । 

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंक (ल्न्द्यद्यी) ले निक्षेपमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि गरी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ७ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ४७ प्रतिशतले बढेर ७३ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १८ दशमलव १८ प्रतिशतले बढेर २६ करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकको प्रोभिजनमा ६ करोड ५५ लाख रुपैयाँ राखेको छ भने ४ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]