April 23rd, 2017

मुक्तिनाथ विकास बैंकको मुनाफामा ४३ प्रतिशत वृद्धि

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथले २४ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकले निक्षेपमा ५३ दशमलव ८३ प्रतिशतले वृद्धि गरी १५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६४ दशमलव ६७ प्रतिशतले वृद्धि गरी १४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ५१ दशमलव ९७ प्रतिशतले बढेर ७३ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ४६ दशमलव ९९ प्रतिशतले बढेर ५३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । 

चैत्र मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पति १४ दशमलव ९७ प्रतिशत र निष्कृय कर्जा शून्य दशमलव १० प्रतिशत रहेको बैंकले जगेडा कोषमा ६३ करोड ४८ लाख रुपैयाँ छुट्याएको छ भने प्रोभिजनमा चार करोड ७५ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३० दशमलव ६९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) ३४ दशलमव १४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४० दशमलव ७४ रुपैयाँ र तरलता अनुपात २० दशमल ९७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]