April 21st, 2017

सेञ्चुरी बैंकमा विलय हुन लागेको अरनिको डेभलपमेन्ट बैंकको यस्तो छ प्रगति विवरण

अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव १६ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा अरनिकोले तीन करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

३९ करोड ४४ लाख रुपैयाँ चुक्तापुँजी भएको अरनिको डेभलपमेन्ट बैंकले निक्षेपमा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा १८ दशमलव ५२ प्रतिशत वृद्धि गरी दुई अर्ब २४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २० दशमलव २७ प्रतिशतले वृद्धि गरी दुई अर्ब छ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा बैंकको खुद व्याज आम्दनी ३९ दशमलव १६ प्रतिशतले बढेर नौ करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको संचालन मुनाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा एक सय २५ दशमलव ८७ प्रतिशतले बढेर छ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

अरनिकोले जगेडाकोषमा नौ करोड ८६ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ६७ प्रतिशत र जोखिम युक्त सम्पत्ति २० दशमलव १७ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव १३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ९८ प्रतिशत रहेको छ । अरनिकोलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्वायर गर्दैछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]