April 20th, 2017

बार्षिकोत्सवको अवशरमा ‘सिटिजन्स दशक बचत खाता’

सिटिजन्स बैंक इन्टरनेसनलले दशौं वार्षिकोत्सवको अवशरमा 'सिटिजन्स दशक बचत खाता' शुभारम्भ गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले ‘सिटिजन्स दशक बचत खाता’ शुभारम्भ गरे । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात ५ हजार रुपैयाँ दैनिक मोज्दातमा ५% व्याजदर प्राप्त गरिने तथा निःशुल्क ए.वि.वि.एस., निःशुल्क डिम्याट सेवा प्राप्त गर्नुका साथ लकर शुल्कमा पनि ५०% छुट प्रदान गरिने बैंकले जनाएको छ । 

संघ–संस्थालाई आर्थिक सहयोग 
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सडकमै जीवन बिताइरहेका शारिरीक रुपमा अशक्त व्यतिmलाई संरक्षण गर्ने कार्यमा कार्यरत्त ‘चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग स्वरुप ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले यसका साथै नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई ३ लाख रुपैयाँ,  विगत ५ वर्ष देखि निरन्तर रुपमा १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान ‘बाल विकास समाज’ मार्फत रु. १ लाख ३० हजार रुपैयाँ, माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत्त ‘स्नो याक फाउण्डेशन’ लाई १ लाख रुपैयाँ, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेका संस्थाहरु ‘साथ’ र बेबि लाइफ होम लाई १ लाख रुपैयाँ, मिर्गौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई २ लाख,  बावु—आमा जेल पेरेका बाल बालिकाहरुाई सहयोग गरिरहेका बन्दि सहायता नेपाललाई १ लाख ४० हजार, कुलेश्वर माध्यमिक विधालयमा कम्प्यूटर कक्ष निर्माण गर्न २ लाख १० हजार, श्री बाल विनोध माध्यमिक विधालयलाई कक्षा कोठामा झ्यालहरु राख्नको लागि २ लाख तथा अन्य बिभिन्न सामाजिक संघ संस्थाका लागि जम्मा ४७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

२०६४ साल बैशाख ७ गते देखि २०आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]