April 17th, 2017

सिर्जना फाइनान्सले कमायो आठ करोड २९ लाख रुपैयाँ मुनाफा

सिर्जना फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आठ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी नाफा कमाएको हो । गत वर्षको चैत्र मसान्तसम्ममा सिर्जनाले चार करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले सो अवधिमा ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि दोब्बरले वृद्धि गरेको छ । खुद व्याज आम्दानी आठ करोड ५२ लाख रुपैयाँबाट बढेर २० करोड २५ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने सञ्चालन मुनाफा नौ करोड ७८ लाख रुपैयाँबाट बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै कम्पनीले निक्षेप संकलन र कर्जा परिचालनमा पनि उल्लेख्य वृद्धि गरेको छ । ३० करोड चुक्ता पूँजी रहेको कम्पनीले यो अवधिमा दुई अर्ब ८३ करोड १६ लाख ८६ हजार एक सय ९० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड ३० लाख १९ हजार पाँच सय ९० रुपैयाँ कर्जा परिचालन गरेको छ ।

विराटनगरमा मुख्य कार्यालय रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा, पुँजी कोष साढे १७ र प्रतिसेयर नेटवर्थ एक सय ४४ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]