April 14th, 2017

फस्र्ट माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा कमायो पौने छ करोड मुनाफा

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तुस्रो त्रैमासमा पाँच करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ५८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा फस्र्ट माइक्रोफाइनान्सले तीन करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४५ दशमलव ५० प्रतिशतले बढेर नौ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५१ दशमलव ५७ प्रतिशतले वृद्धि भई नौ करोड ६२ लाख रुपैयाँ पुगेको छ । माइक्रोफाइनान्सले कर्जातर्फ ३९ दशमलव ७६ प्रतिशतले बढाएर दुई अर्ब ३९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ ।

जगेडा कोषमा नौ करोड ९८ लाख रुपैयाँ राखेको बैंकको प्रतिसेयर आम्दानी २९ दशमलव ०६ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]