March 21st, 2017

एस डेभलपमेन्ट बैंकलाई इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गर्ने भएको छ । यो निर्णय पारित गर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले यही चैत्र २५ गते शुक्रबारका लागि विशेष साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले १४ गतेदेखि २५ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जानकारी दिएको छ । एस डेभलपमेन्ट बैंक लिमिटेडले पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक्विजिसनमा जाने निर्णय पारित गर्नका लागि २५ गते नै विशेष साधारणसभा डाकेको छ । 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यो बैंक नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको नीति ल्याएपछि आठ अर्ब चुक्तापुँजी पुर्याउने पहिलो बैंक हो । त्यस्तै, एस डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ । एसलाई खरिद गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी झन्डै नौ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई एक बराबर ०.४१ को सेयर स्वाप रेसियोमा खरिद गर्न लागेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]