March 16th, 2017

विश्व बैंकको टोलीद्धारा चन्द्रागिरि भ्रमण

विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको निजी क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएको बताए । यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा उनको थियो । यस्तो उदाहरणीय कार्य गरेकोमा उनले चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनको समुहको उच्च प्रशंसा गर्दै सबैलाई बधाई तथा शुभकामना समेत दिए । 

भ्रमण टोलीमा विश्व बैंकका नेपालस्थित प्रतिनिधि रेहन रसिदे समेत उपस्थित थिए । भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष ढकाल एवम् संचालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए । 

टोलीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्यो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]