March 10th, 2017

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान 

कतारस्थित रिया मनी ट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका आईएमई सेवाग्राही ज्ञान बहादुर क्षेत्रीलाई आईएमई लिमिटेडले सम्मान गरेको छ । आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका हुन् ।  

क्षेत्रीले गत महिना एक लाख २० हजार रुपैयाँ रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यवसायिक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो । 

आफ्नो स्थापना देखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]