March 7th, 2017

सक्षमसँग मिलेर रसुवाको टिमुरे पुग्यो सानिमा बैंक

सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा आफ्नो ४५औँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले यूके एडद्धारा प्रवद्र्धित सक्षम परियोजना (एक्सेस टु फाइनान्स)को सहकार्यमा मंगलबार उक्त शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गरे । 

समुद्घाटन समारोहमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गरे । साथमा यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने विचार व्यक्त गरे । टिमुरेमा सानिमा बैंक संचालनमा आएकोमा उनीहरुले टिमुरेबासीहरुलाई बधार्ई समेत दिए । आगामी दिनहरुमा पनि यस सानिमा बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा मेचीदेखि महाकालीसम्म आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरे । 

सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४५ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेका छन् । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पुर्याइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]