March 3rd, 2017

यातायात व्यबस्था कार्यालय सतुङगलको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट

ग्लोबल आइएमई बैंकले विहीबार (फागुन १९ गते)देखि यातायात व्यवस्था कार्यालय, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन सुरु गरेको हो । 

बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको राजश्व संकलन यसअघिदेखि नै गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । 

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले आफ्ना ९४ शाखा, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजश्व संकलन काउण्टर र  ४४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]