March 1st, 2017

नयाँ नेपाल लघुवित्तको शाखा संख्या ११ पुग्यो, छिटै पाँच शाखा थपिँदै

नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटेडले आफ्नो शाखा संख्या ११ पुर्याएको छ । काभ्रे जिल्लाको धुलिखेलमा प्रधान कार्यालय रहेको बैंकले हालै पाँच शाखा विस्तार गरी शाखा संख्या ११ पुर्याएको हो । कपीलाकोट, रामनगर गौशाला, विरेन्द्र बजार, धनगढी, जिरो माईल र यदुकुवामा आफ्नो शाखा विस्तार गरेको बैंकले जनाएको छ । बैंकका ५ वटै शाखाहरु संचालक आनन्द गर्ताैला र कार्यकारी संचालक सरोज घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैंकले निकट भविष्यमा नै सप्तरी, सुनसरी, मोरङ्ग र झापा जिल्लामा थप ५ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी संचालक सरोज घिमिरेले बताए । हालसम्म बैंकको १६ करोड ९६ लाख ६० हजार लगानीमा रहिरहेको रकम, ५ करोड ३ लाख २३ हजार बचत र ५,२७० जना सदस्य संख्या रहेको जनाइएको छ । 

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रका विपन्न वर्गका महिला, दलित, जनजाती र वित्तीय पहुँचका दृष्टिले पछि परेका वर्गलाई वित्तीय सेवा प्रदान गरी आय मुलक परियोजनाका माध्यमबाट रोजगारी सृजना गरी विपन्नतामा कमि ल्याउनुका साथै गरिबी न्यूनिकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]