February 22nd, 2017

नवौँ वर्षमा ‘शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक’, यसरी मनायो वार्षिकोत्सव 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको नवौँं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर बैंकले ग्रीन सिटि, क्लिन सिटि भन्ने नाराका साथ बुटवलमा सरसफाई कार्यक्रम गरेको छ । साथै नयाँ बसपार्कदेखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसँगको सहकार्यमा बृक्षारोपण समेत गरेको छ । उक्त बृक्षरोपणको संरक्षण गर्ने जिम्मा समेत बैंकले लिएको छ । 

सोही अवसरमा बैंकले स्टेक होल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था तथा बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ । जसअनुसार बैंकले राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नती गर्ने, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निर्माण गरि उक्त भवनमा केन्द्रिय कार्यालयको संचालन गर्ने तथा वित्तीय साक्षरता अभिबृद्धि गर्दे यस क्षेत्रको रोजाईको बैंक बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायम राख्दै सम्पूर्ण स्टेक होल्डर्सको हितमा अघि बढ्ने प्रतिवद्धता बैंकले जाहेर गरेको छ । 

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेका छन् । एक अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी रहेको शाइन रेसुंगाले गत पौष मसान्तसम्ममा नौ अर्व २० करोड रुपैयाँ निक्षेप परिचालन गरी आठ अर्व १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको सञ्चालन मुनाफा २६ करोड आठ लाख रुपैयाँ पुगेको छ भने ग्राहक संख्या झन्डै एक लाख ३० हजार पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]