February 17th, 2017

रुपन्देही र कपिलवस्तुमा आशा लघुवित्तका शाखा विस्तार 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो २ वटा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । लघुवित्तले शुक्रबार रुपन्देहीको तिलोत्तमा–१०, सेमरामा र कपिलवस्तुको बाणगंगा–१३, बनगाईमा शाखा विस्तार गरेको हो । 

लघुवित्तको तिलोत्तमा शाखाको उद्घाटन आशा लघुवित्तका संचालक शंकर प्रसाद कालीकोटाले गरे भने वाणगंगा शाखाको उद्घाटन अर्का संचालक खगेन्द्र भट्टचनले गरे । उद्घाटन कार्यक्रमहरुमा संचालक निर्गुण प्रसाद भट्टचन, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तीय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । यसैअनुरुप, सदस्यहरुलाई उद्यमशील बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्न मद्दत गर्ने उद्देश्यले रुपन्देही र कपिलबस्तुमा शाखा विस्तार गरेको  संस्थाका प्रबन्धक जीवन खनालले जानकारी दिए । निकट भविष्यमा नै धादिङ्ग, सुनसरी तथा अन्य स्थानहरुमा पनि शाखाहरु विस्तार गर्ने लघुवित्तको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]