February 16th, 2017

चितवन र नवलपरासीमा आशा लघुवित्तका दुई शाखा विस्तार 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक २ वटा शाखा कार्यालय विस्तार गरेको छ । आशाले भरतपुर र नवलपरासीमा शाखा विस्तार गरेको हो । जस अनुसार भरतपुर चितवनको उदघाटन संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले गर्नु भयो भने रजहरस्थित नवलपरासी कार्यालयको संचालक निर्गुण प्रसाद भट्टचनले गर्नुभयो ।

ती कार्यक्रममा संचालकहरु खगेन्द्र भट्टचन, शंकर प्रसाद कालीकोटा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका सदस्यहरु लगायतको उपस्थिती थियो ।

राष्ट्रिय स्तरको उक्त  वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नमा सक्रिय रहेको संस्थाका प्रबन्धक जीवन खनालले जानकारी दिनु भयो । संस्थाले रुपन्देही, कपिलवस्तु, धादिङ्ग, सुनसरी लगायतमा छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]