February 15th, 2017

छ महिनामा जनता बैंकको मुनाफा १६ करोड मात्रै, निष्कृय कर्जामा वृद्धि

जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको १६ दशमलव ८९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनताले १३ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ३० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा १० दशमलव ४० प्रतिशतले वृद्धि गरी २५ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ भजे कर्जातर्फ २२ अर्ब ९७ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १७ दशमलव ०८ प्रतिशतले बढेर ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १३ दशमलव ४४ प्रतिशतले बढेर १५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा नौ करोड ३१ लाख रुपैयाँ खराबकर्जा उठाएको जनता बैंकले प्रोभिजनमा १४ करोड ९९ लाख रुपैयाँ राखेको छ भने जगेडकोषमा ३३ करोड २३ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा बैंकको निष्कृय कर्जा एक दशमलव १९ प्रतिशतले बढेर दुई दशमलव ५७ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति एक दशमलव ६४ प्रतिशतले घटेर १० दशमलव ७३ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव ९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १४ दशमलव ४१ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ८३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]